मकवानपुर, १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरबाट लागुऔँषध सहित एक युवक शनिबार राति पक्राउ परेका छन् । बस्तिपुरमा डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामालाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनको साथबाट स्टेगन ४ सय ८७ ट्याब्लेट, ट्रामाडोल १ सय ४२ ट्याब्लेट र नगद १५ हजार २ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।