हेटौँडा १९ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तिलेटमा गोबर ग्यास ट्याङ्कीभित्र आगोले जलेर एक जना घाईते भएका छन् । आईतबार बिहान छिमेकीको गोबर ग्याँस ट्याङ्की सफा गरिरहेका हेटौँडा–६ हात्तिलेटका २६ वर्षीय समित राई आगोले जलेर घाईते भएका हुन् ।
गोबर ग्याँसको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र बसी आफैँ चुरोट सल्काउन खोज्दा राईको शरिरमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । उनको शरीरको विभिन्न भाग जलेको र हेटौँडामा उपचार सम्भव नभएपछि थप उपचारको लागी काठमाण्डौँ लगिएको छ । उनलाई विर अस्पतालमा रिफर गरिएको हो ।












