मकवानपुर, २० कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ अन्तर्गत आईतबार ३ खेलहरु भएका छन् ।

आईतबार भएको पहिलो खेलमा आग्रा काभ्रेली टोल विकास संस्थालाई २–० गोल अन्तरले पराजित गर्दै सक्षम टोल विकास संस्था सिग्रेनी खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा मञ्जुश्री टोल विकास संस्था भोर्लेलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो टोल विकास संस्था पान्तले दोस्रो चरणमा प्रवेश गरेको हेटौँडा–१२ खेलकुद विकास समितिले जनाएको छ ।

आईतबार नै भएको तेस्रो खेलमा परिवर्तन टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै हरियाली गुरौविर्ता टोल विकास संस्था चारघरे दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा कात्तिक १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । खेलको फाईनल भिडन्त कात्तिक २६ गते हुनेछ ।













