मकवानपुर, २० कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित कर्रा पुलमा अटो र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् ।
आईतबार दिउँसो रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको ना. ४४ प. ८९२० नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना १ ह ९३८९ नम्बरको अटो एकापसमा ठक्कर खाँदा उनीहरु घाईते भएका हुन् ।
घटनामा मोटरसाइकल उच्छिटिएर हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको साईकल यात्रीलाई समेत ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।












