मकवानपुर, २० कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा भएको सवारी दुर्घटनामा परि ३ जना घाईते भएका छन् ।
आईतबार दिउँसो हेटौँडा–८ गौरीचोकमा कमानेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना २१ प ९६४६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जना घाईते भएका हुन् ।
उक्त दुर्घटनामा मोटरसाईकलमा सवार र पैदलयात्री घाईते भएको प्रहरीले जनाएको छ ।












