साँकेतिक तस्बिर

मकवानपुर, २० कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे निवासी अन्दाजी ५३ वर्षीया विष्णुमाया घलान मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आईतबार घलान आफ्नै घरको भान्सा कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।