मकवानपुर, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा नगरको स्वास्थ्य तथा जनसंख्या विभागीय सदस्यमा हेटौँडाका भिमबहादुर बिडारी चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा नगर कमिटिले भदौ २६ गते बिडारीलाई शो विभागको सदस्य बनाउने निर्णय गरे अनुसार उनलाई कात्तिक १६ गते विभागीय सदस्य प्रमाण पत्र प्रदान गरिएको हो । बिडारी हेटौँडा ११ सिमलटार निवासी हुन् ।

नगर अध्यक्ष ध्रुवबहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति भरत पराजुलीको प्रमुख आतिथ्यतामा बिडारीलाई प्रमाण पत्र वितरण गरिएको हो । बिडारीले सर्वसाधारणको स्वास्थ्य उपचारमा आफ्नो योगदान रहने बताएका छन् ।