मकवानपुर, २१ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ अन्तर्गत सोमबार २ खेलहरु भएका छन् ।

सोमबार भएको पहिलो खेलमा झोलुङ्गेपुल टोल विकास संस्था गुरौबिर्तालाई ३–० गोल अन्तरले पराजित गर्दै प्रगतिशिल टोल विकास संस्था सिग्रेनी विजयी भएको छ । सिग्रेनीका तर्फबाट रोजिन थिङ, जिवन जिम्बा र सुनिल थिङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्रगतिशिल टोल विकास संस्था सिग्रेनीका रोजिन थिङ भएका छन् ।

त्यस्तै दोस्रो खेलमा आँपधाप टोल विकास संस्थालाई टाईब्रेकरमा पराजित गर्दै गोठदमार टोल विकास संस्था विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट १–१ गोल भएपछि गोठदमारले टाइब्रेकरमा ३–२ गोल अन्तरमा आँपधापलाई पराजित गरेको हेटाँैडा १२ का अमन लोप्चनले जानकारी दिएका छन् ।

दोस्रो खेलमा गोठदमारका २ खेलाडी र आँपधापका १ खेलाडीले पहेँलो कार्ड पाएका थिए । निर्धारित समयमा गोठदमारका सागर थिङ र आँपधापका मिलन घलेले १–१ गोल गरेका थिए । यो खेलको म्यान अफ दि म्याच गोठदमार टोल विकास संस्थाका गोलकिपर समिर थिङ घोषित भएका थिए ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा कात्तिक १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । खेलको फाईनल भिडन्त कात्तिक २६ गते हुनेछ ।

तस्बिरहरु– विष्णु थापा, हेटौँडा १२ खेलकुद विकास समिति












