मकवानपुर, २६ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ को फाईनल खेल आइतबार हुँदैछ । हेटौँडा १२ खेलकुद विकास समितिका बिरेन कुमार लोप्चनका अनुसार आज फाईनल खेल दिउँसो १ बजेदेखि हुनेछ ।

फाईनल खेलमा सिर्जनशिल टोल विकास संस्था बेलडाँडा र श्रृजनशिल टोल विकास संस्था तल्लो रमन्टारबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि शनिबार भएको सेमिफाईनल खेलमा सिर्जनशिल टोल विकास संस्था बेलडाँडाले सक्षम टोल विकास संस्थालाई २–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै श्रृजनशिल टोल विकास संस्था रमन्टारले जनप्रिय टोल विकास संस्थालाई टाईब्रेकरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा कात्तिक १७ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । खेलको विजेता र उपविजेता टिमले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।