मकवानपुर, २६ कात्तिक । महोत्तरीको सम्सी गाउँपालिका–५ देवीस्थानबाट मकवानपुरका दुई युवाहरु पक्राउ परेका छन् । करिब २ सय ९० केजी अवैध लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलान रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना.०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये लिला ट्रकका चाल र राजेश ट्रकका सहचालक रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।












