मकवानपुर, २७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ को उपाधि श्रृजनशिल टोल विकास संस्था रमन्टारले जितेको छ । आइतबार भएको खेलमा सिर्जनशिल टोल विकास संस्थालाई पराजित गर्दै रमन्टारले जित हात पारेको हो ।
खेलको निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न सकेनन् । खेल टाईब्रेकरमा धकेलिएपछि पेनाल्टी शुटआउट मार्फत रमन्टार विजयी भएको हो । विजेताले ट्रफीसँगै नगद ५० हजार र अन्य विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । त्यस्तै उपविजेताले ट्रफीसँगै नगद २० हजार तथा अन्य पुरस्कारहरु प्राप्त गरेका छन् ।

यसअघि शनिबार भएको सेमिफाईनल खेलमा सिर्जनशिल टोल विकास संस्था बेलडाँडाले सक्षम टोल विकास संस्थालाई २–० गोल अन्तरले पराजित गरेर फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै श्रृजनशिल टोल विकास संस्था रमन्टारले जनप्रिय टोल विकास संस्थालाई टाईब्रेकरमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को आयोजनामा कात्तिक १७ गतेदेखि प्रतियोगिता सुरु भएको थियो ।












