मकवानपुर, २७ कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ खैरहनी लखन टोलका लक्ष्मण स्याङ्तानको उपचारका क्रममा मृत्यू भएको छ । ३३ वर्षीय लक्ष्मणको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत कात्तिक २४ गते राति लक्ष्मणले आफ्नै घरमा ना १ ह ३५४४ नम्बरको अटो पार्किङ गर्ने क्रममा अटो अचानक करेसाबारीतर्फ करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर लक्ष्मण गम्भीर घाइते भएपछि उनलाई हेटौँडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको थियो ।