भारत, २८ कात्तिक । भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका ४० जना मजदुरको उद्वार अझै हुन सकेको छैन । आइतवार सुरुङभित्र फसेका जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन् । तर अझै सफलता हात लागेको छैन ।

उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताएका छन् ।