मकवानपुर, ३ मंसिर । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो ।

जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले १६ रन बनाइन् । नेपालका सङ्गीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डङ्गोल र सोनी पाख्रिनले समान एक विकेट लिए । त्यसअघि हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले ४३ रन बनाइन् । रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए । यसअघि तान्जानियासँग २७ रन र हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो ।