मकवानपुर, ४ मंसिर । इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विपिन गाजाको अस्पतालमा सकुशल रहेका जानकारी इजरायल सरकारले त्यहाँ रहेको नेपाली दूतावासलाई दिएको हो ।

विपिन अस्पतालमा रहेको सूचना प्राप्त भए पनि अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको र सम्पर्क गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

गएको असाेज २० गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना विद्यार्थी घाइते भएका थिए ।