मकवानपुर, ४ मंसिर । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दर्ता गराएका उक्त रिटमा आजदेखि सुनुवाइ हुने भएको हो । यसबाट टिकटकमाथिको बन्देज हट्ला कि भन्ने आशामा टिकटकरहरु छन् ।

टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्धमा १० वटा रिट दर्ता भएको छ । सरकारको गत कात्तिक २७ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।