मकवानपुर, ६ मंसिर । मनहरी गाउँपालिकाको आउँदो गाउँ कार्यपालिका बैठक ६ नं वडामा बस्ने भएको छ । भोलि ७ गते बिहीबार तय गरिएको कार्यपालिका वैठक ६ नं वडा कार्यालय, सुनाचुरीमा बस्ने भएको हो ।

भौगोलिक हिसाबले दुर्गम गाउँहरु समेटिएको उक्त वडामा कार्यपालिका बैठक राखी , बैठक पश्चात् त्यहाँका स्थानियको गुनासो सुन्ने तालिका रहेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले बताउनुभयो । साथै ६ नं वडाबासीहरुलाई कुनै समस्या वा गुनासो भएमा बिहान ११ बजे उपस्थित भइ कार्यपालिकाका सम्पूर्ण टिमलाई गुनासो राख्न आग्रह पनि गर्नुभयो ।

केही समय अघि गाउँ कार्यपालिकाले नै प्रत्यक वडा/वडामा पुगेर बैठक गर्ने निर्णय गरेको थियो ।