मकवानपुर, ७ मंसिर । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसबाट परेका असरहरु बारे थप जानकारी आउन बाँकी छ ।