मकवानपुर, १० मंसिर । ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था लि. हेटौँडाको १४ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षता तथा जिसस मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि घलानले सहकारीहरुले ऋण मात्र दिने होइन औद्योगिकरणमा पनि जोड दिनु पर्ने बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी कोषाध्यक्ष विष्णुमाया लामा, हेटौंडा–१० का वडासदस्य इश्वरप्रसाद मैनाली, ग्रिन्डलेजका वरिष्ठ सल्लाहकार सत्यनारायण सिलवाल, उपाध्यक्ष जानुकादेवी कँडेल लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा एसइईमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्र एन्जीला दंगाल, जेष्ठ सदस्य शिवराम थापा, असल बचतकर्ता किरणरोशन मल्ल, असल ऋणि राजु न्यौपाने सम्मानित भएका थिए ।












