मकवानपुर, १२ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६–चिसापानीमा खागको टोकाईबाट दुई महिलाहरु घाईते भएका छन् । हेटौंडा–१६, चिसापानीकी ३२ वर्षीया सरु दंगाल र छिमेकी ४५ वर्षीया मन्दिरा घिमिरे खागको टोकाइबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो २ बजेर ३५ मिनेटको समयमा दंगालको घरमा आएर बसेको खागले दंगालको शरीरको विभिन्न भागमा टोक्दा उनी गम्भीर बिरामी भएकी छिन् । छिमेकी घिमिरेको भने अनुहारमा टोक्दा मध्यम बिरामी भएको जनाइएको छ । बिरामी दुबै जनालाई उपचारको लागि हेटाँंडा अस्पताल ल्याइएकोमा दंगाललाई भने तत्कालै थप उपचारका लागि भरतपुर रिफर गरिएकोछ ।