मकवानपुर, १३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटबाट लागूऔषधसहित २ युवकहरु पक्राउ परेका छन् । प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नम्वर १२ बस्ने ३० वर्षीय महेश महतो र सोही स्थानका ३३ वर्षीय अजय लामालाई लागूऔषध कोरेक्स–३ बोतल र नाईट्राभेट–४५६ ट्याब्लेटसहित प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हेटौंडाबाट चितवन जाँदै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकलमा सवार महतो र लामालाई उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।