साँकेतिक तस्बिर

मकवानपुर, १३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो।

एक जना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी आउने चाल पाएपछि उक्त व्यक्ति पेस्तोलसहितको गोली छोडेर फरार भएको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिको खोजीकार्य जारी राखेको छ।