तस्बिरहरु–चन्द्रकान्त चौधरी

मकवानपुर, १४ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानले गाउँका बारीहरुमा पुगेर तिते फापर खेतीको अवलोकन गरेका छन् ।

रैथाने बाली तितेफापर तयार हुने समय नजिकिएसँगै स्याङ्तानले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा गरिएको तितेफापर खेतीको अनुगमन गरेको गाउँपालिकाका कृषि विभाग प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा यस वर्ष सहकारीमार्फत फापर संकलन र बजारीकरणको सुरुवात गरिने कृषि विभाग प्रमुख चौधरीले बताए ।