मकवानपुर, १५ मंसिर । मकवानपुरको हेटौंडा–१५ चुरियामाईबाट लागुऔषधसहित उदयपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–८ का २७ वर्षीय बिनय राणा मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार दिउँसो १ बजेर ४० मिनेटको समयमा वीरगंजबाट हेटौंडातर्फ आँउदै गरेको बा प्र ०३–००१ ज ३२० नम्बरको यात्रु बाहक माईक्रोलाई सुरक्षा जाँच गर्दा माईक्रोमा सवार मगरको साथबाट लागुऔषध फेला पारेको थियो ।
प्रहरीले मगरको साथबाट कम्मरमा लुकाईएको अवस्थामा लागुऔषध फेनार्गन ७५ पिस, डाईजेपाम ७४ पिस र नुर्फिन ७४ पिस गरी जम्मा २२३ पिस लागुऔषध फेला पारेको थियो । लागुऔषधसहित मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।