मकवानपुर, १५ मंसिर । मकवानपुर नागरिक समाज समितिका संयोजक गुञ्जन बहादुर न्यौपानेले दुध उत्पादक किसानलाई समस्यामा पार्ने गरी सुरु भएको मिल्क होलि डेका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मिल्क होलिडेको बिषयमा पछिल्लो समय स्वतन्त्र ढङ्गले मकवानपुर नागरिक समाज समितिले विभिन्न निकायमा पुगि ध्यानाकर्षण गराउदै सहजीकरणको पहल गरिरहेको समयमा न्यौपानेले यस्तो चेतावनी दिएका हुन् ।
न्यौपानेले मकवानपुरमा पछिल्लो समय किसानहरु दूध बिक्रि नहुदा मर्कामा परेको र किसानहरुले महङ्गो ऋण काडेर गरेको लगानी तिर्न नसक्दा बित्तिय जोखिम बढेर कृषि तथा पशुपालन पेशाबाटै घाटा व्यहोरी पलायन हुने स्थितिमा पुगेको बताए । ‘‘किसानसँग न उन्नत नश्लका गाई , भैंसी छन् , न उच्च गुणस्तरमा सस्तो दाना छन्, न बैंकहरुले पत्याएर सस्तो कर्जा वा बित्तिय सुबिधा प्राप्ति गरेका छन्, न उपचार र पालन प्रविधिमा प्राविधिक सहयोग उपलब्ध छ , न जोखिम बहन गर्न बिमाले किसानले खरिद गरे बराबरको मुल्यमा नै बिमा गरीदिन्छ । न सरकारी अनुदानको पहुँचमा किसान छन्, न किसानको उत्पादनको बजारमा मुल्य सुनिश्चितता छ । अहिले किसानलाई कृषिमा लाग्नुस , दूध उत्पादनमा लाग्नुस भनेर हौसाउने नेता र सरकार जब किसानले बिना राज्यको सहयोग उत्पादन गर्छ अनि बजार नपाए पछि दूध फ्याक्न बाध्य भएको छ’’, उनले भने ।
आफुहरुले प्रदेश दुग्ध बिकास बोर्ड , कृषि तथा पशुपंक्षी मन्त्री , मुख्य मन्त्री समेतलाई यस बिषयमा ध्यानाकर्षण गराएकै छौ । उहाँहरुलेआश्वासनमा गंभिरता देखाउनु भयो तर यो जटिल परिस्थिति नदोहोरिने गरि अबलम्बन गर्न सकिने उपायको बिषयमा कुनै छलफल र विकल्पहरुको प्रयत्न भएको नदेखिएको न्यौपानेले बताए । उनले मकवानपुरका २२ हजार किसान परिवार ,व्याबसायिक किसान, सहकारी, संघ र उधोगीहरुलाई संबोधन सरकारी तबरले नभएको र यो सामान्य विषय भएको जस्तो हल्का रुपमा लिएको प्रति खेद प्रकट गरे । ‘‘ मकवानपुरका किसानको १ दिन मिल्क होलिडे हुदा ५-६ करोड को दूध क्षति हुन्छ । के यो समान्य बिषय हो ? के सरकारले बनाउने कृषि र किसानको नीति यस्तै हो ?’’, उनले प्रश्न गरे ।
‘‘स्थानिय उद्योगीहरु बटर थन्क्याएर राख्ने कोल्ड स्टोर छैन लौन सरकार भन्दा सरकारले खेल्ने भुमिका यस्तै हो ? अनि दुध बिक्ने उधारो किसानले दाना, औषधिमा, उपचार, पशु चाहिँ नगद यो व्यावसाय चलाउने सरकारी नीति यस्तै हो ? बागमती प्रदेश सरकारले पाउडर प्लान्ट बनाएर किसानको दूध बिक्रि समस्या समाधान गर्छु भनेको सुन्छु । दुधबाट बनेका पाउडर र बटरहरु केही महिना अघि डिडिसीको स्टकबाट अखाध भनेर खाल्डोमा पुर्नु परेको बिषय जगजाहेर छैनर ?’’ न्यौपानेले प्रश्न गरे ।
यदि सरकारले केही दिन भित्र कुनै दिर्घकालिन ठोस कदम नचाल्ने हो भने किसान आन्दोलनको उद्गगम स्थल मकवानपुर बन्ने उनले चेतावनी दिए । आफु जुन सुकै मूल्य चुकाउनु परेपनि पछि नहट्ने र आवश्यक परे आन्दोलनको नेतृत्व लिने समेत उनले बताए । मिल्क होली डेका विषयमा
स्थानीय सरकार पनि लाग्नुपर्ने उनले बताए ।












