मकवानपुर, १७ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ बर्षीय पुरुष सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् । घटनास्थलबाट शव हैटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।