तस्बिर– दिलबहादुर लामा

मकवानपुर, १८ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ नि:शुल्क स्वास्थ्य बिमा गराउने राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले घोषणा गर्नुभएको छ। विश्व अपाङ्गगता दिवसको अवसरमा आइतबार राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ नि:शुल्क स्वास्थ्य बिमा सहित आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने घोषण गर्नु भएको हो।

आपाङ्गता भएका व्यक्तिलाई संरक्षण तथा सुरक्षा दिनु पालिकाको दायित्व रहेकोले अपाङग कस्तो प्रकारको छ, उसको आबश्यकता अनुसार पालिकाले आयआर्जन गरि जीवन निर्बाहको लागि सहयोग गरिने उहाको भनाई छ। सहभागीहरुले सिपमुलक तालिमको आबश्यकता, स्वास्थ्य तथा दैनिक जीवन निर्वाहको पाटोमा सहयोग र पालिकाको नीति निर्माण गर्ने बेला सक्रिय सहभागी गराउन जोड दिएको छ ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको सम्बाद कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देब चन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डाक्टर गजल पन्त, सामाजिक विकास शाखा प्रमुख गोबिन्द अधिकारी, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग, ३ नम्बर वडा अध्यक्ष उत्तम वाइबा लगायतको आतिथ्यता रहेको थियो।

पालिका स्तरीय अपाङ्गता समन्वय समिति गठन

विश्व अपाङ्गता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिका स्तरिय अपाङ्गता समन्वय समिति गठन गरिएको छ। गाउँ कार्यपालिका सदस्य चन्द्रमान प्रजाको संयोजत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा मंगलबहादुर घलान, संचलाल वाइबा, होम बहादुर पाख्रिन, जितन प्रजा, सुरेश घलान, शंखलाल चेपाङ्ग, शरद स्याङ्गतान, फुलमाया स्याङ्गतान, श्रीकृष्ण प्रजा र सदस्य सचिबमा गाउँपालिकाको महिला तथा वालबालिका शाखाको प्रमुख गोमा पन्थी लगायत रहेको छ।

अब वडा स्तरको अपाङ्गता समिति गठन र संयोजक तोक्ने कार्यक्रमहरु रहेको संयोजक चन्द्रमान प्रजाले बताउनु भयो।