तस्बिर–शम्भु अधिकारी

मकवानपुर, २७ मंसिर । मकवानपुरको थाहा नगरपालिकामा संचालित चौथो थाहा महोत्सवको अवसरमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगिताको उपाथि सुहाना गोपालीले जितेकी छिन् । फाईनलमा पुगेका ५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले २ हजार ९ सय ८७ भोटसहित उपाधि हात पारेकी हुन् ।

यसैगरी २ हजार ६ सय ७५ भोट प्राप्त गर्न सफल भएकी कृपा गोपाली द्वितीय र २ हजार ५ सय ९१ भोट प्राप्त गर्न सफल भएकी सन्ध्या थापा तृतीय हुन सफल भइन् । २ हजार २ सय १८ भोट पाएकी सोनिमा वाईवा चौथो, ६ सय ३१ मत पाएका अनिश लामा पाँचौँ र २ सय ६९ मत पाएका विजय मगर छैठौँ हुन सफल भएको प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा बेष्ट डान्सर सन्ध्या थापा घोषित भइन् ।

थाहानगर उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवको २६ मंसिरमा भएको समापन कार्यक्रममा प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भोटिङको आधारमा प्रतियोगिताको निर्णय सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाचौँ र छैठौंं हुनेलाई क्रमशः नगद ३० हजार,? २० हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका थिए ।