मकवानपुर, ३ पुस । मकवानपुर प्रहरीले ३ ग्राम ब्राउन सुगरसहित भिमफेदी र कमानेका २ युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१५ फारलाईनबाट लागुऔषध ब्राउन सुगरसहित हेटौँडा–८ कमानेका २७ वर्षीय युवक र भीमफेदी गाउँपालिका–२ का २९ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा प्रहरी टोलीले विशेष सुचनाको आधारमा जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम बरामद भएको हो । प्रहरीले उनीहरुको साथमा रहेको ना ४५ प ५२१६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धानका गरिरहेको जनाएको छ ।