साँकेतिक तस्बिर

मकवानपुर, ५ पुस । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका-१६ घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ घर भएकी ३३ वर्षीया चमेली चुहान रहेका छन् ।

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको बताइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं नयाँबानेश्वरबाट र चुहानलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।