मकवानपुर, ८ पुस । मकवानपुरको बकैया गाउँपालिका वडा नं २ मा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया गाउँपालिका वडा नं २ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०/६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार ती पुरुषको सनाखत भएको छैन । शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा शव फेला पारेको हो ।










