मकवानपुर, ८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा ३ महिने सिलाईकटाई एड्भान्स तालिम शुरु भएको छ । सिमलटारका महिलाहरुलाई स्वरोजगार बनाई आर्थिक उन्नति गराउने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक विपन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिनुभयो ।

३ महिने बेसिक तालिम लिइसकेका महिलाहरुलाई अब ३ महिना एड्भान्स तालिम दिईने अध्यक्ष सुमनले बताउनुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहालले एड्भान्स तालिमको उद्घाटन गर्नुभएको थियो ।

२८ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण गंगाकुमारी राना मगरले गरिरहनुभएको छ ।

एड्भान्स तालिम उद्घाटन समारोहमा सिमलटार टोल विकास संस्थाका सदस्य टंकबहादुर गुरु, आयोजक संस्थाका लेखा समिति संयोजक यदुनाथ पोखरेल लगायतको उपस्थिति रहेको थियो ।