मकवानपुर, ९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ टुटेपानीमा सुचना बोर्ड राखिएको छ । टुटेपानीस्थित गौरव÷शान्ति समाज टोल विकास संस्थाको लागि वडा कार्यालयबाट प्राप्त सूचना बोर्ड राखिएको स्थानीय राजकुमार थिङले जानकारी दिएका छन् ।

टोल विकास संस्था अन्तर्गतका सञ्जीवनी युवा टोल सुधार समूहको सहयोगमा बोर्ड स्थापना गरिएको छ । बोर्डमा वडा कार्यालय तथा टोल विकास संस्थाकासाथै अन्य विविध विषयका सूचनाहरु टाँसिनेछ ।











