मकवानपुर, ११ पुस । मकवानपुरको थाहा नगरपालिकाका एक युवक लागुऔषध गाँजा सहित हेटौँडाबाट पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका-११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।