मकवानपुर, १२ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा बिहीबार चर्चित गायिका आस्था राउतसँगै अन्य कलाकारहरु आउने भएका छन् ।

महोत्सवमा आस्थासँगै कलाकारहरु रवि रिमाल, दिनेश काफ्ले, सरोज लामिछाने, दुर्गा सापकोटा र मदन विष्ट लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

औद्योगिक शान्ति नेपाल संस्थाको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति हेटौँडाको मूख्य आयोजनामा महोत्सव संचालन भएको हो । महोत्सवमा दैनिक रुपमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनुका साथै खेल स्रष्टाहरुलाई सम्मानित पनि गरिएको छ ।

पुस ५ गतेदेखि संचालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ ।