मकवानपुर, १२ पुस । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटार टोल विकास संस्थाको बाह्रौँ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सूर्यमान लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौँडा ११ की अध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता, वडा सदस्य गोपिनी सापकोटा, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमूख भिमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यतामा कार्यक्रम भएको हो ।