मकवानपुर, १३ पुस । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ हरियाली वनबाट कटुवा पेस्तोल १ थान र बारुद भरेको २ वटा फलामको खोकासहित २ जनालाई बिहीबार दिउँसो ४ बजेको समयमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ भाबर बस्ने २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय एक किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा खरङगा स्थित हरियाली सामुदायिक वनमा भावरतर्फबाट खरङगा तर्फ आउंदै गरेको बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेकाहरुमध्ये लाल कुमार चालक रहेका र किशोर मोटरसाईकल पछाडि सवार थिए । उनीहरुलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।










