मकवानपुर, १३ पुस । मकवानपुरको मनहरी गाउँपालिकामा मानव बेचविखन विरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा मनहरी गाउँपालिकाको आयोजना र हिमराईट्स नेपाल, माईती नेपाल, फियान नेपाल लगायतका संस्थाको सहकार्यमा मानव अधिकार तथा मानव बेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरु रेवा रेग्मी, कुमारी वाईबा र माया लामा लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले लगायतले मन्तव्य दिनुभएको थियो ।

सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा नम्बर ७ का कार्यवाहक वडाअध्यक्ष नवराज सुवेदीले शुभकामना मन्तव्य र स्रोत शिक्षक विदुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले गर्नुभएको थियो ।