मकवानपुर, १३ पुस । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा पत्रकार बलराम पुडासैनी सर्वसम्मत चयन भएका छन् । क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा आज हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा मनिल महतो चुनिएका छन् । त्यस्तै सदस्यहरुमा मन्जु मैनाली, स्मिता अर्याल, अशोक बजगाईँ र बाशुदेव विष्ट चुनिएका छन् ।

केन्द्रीय अध्यक्ष धमलाले कार्यसमितिलाई बधाई दिँदै निश्पक्ष पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि अहोरात्र लागिपर्न आग्रह गरे । त्यस्तै अध्यक्ष पुडासैनीले संस्थागत गरिमालाई अझै उचाइमा पुर्याउँदै सत्यतथ्य एवम् निश्पक्ष पत्रकारिताका लागि क्लबको भूमिका अझै प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सबैसँग सहयोग समन्वय गर्दै अघि बढ्ने बताए ।

भेलामा प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष हरि हुमागाईँलगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।