मकवानपुर, १४ पुस । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ नकौलीमा रहेको कालिका आधारभुत विद्यालयमा “बाल विवाह, बालश्रम ,बाल कुलत र हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम ” सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीको अध्यक्षता र वडा नं १ का बालमैत्री वडा सम्पर्क व्यक्ति मनु दाहालको आतिथ्यतामा सञ्चालन भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका विकास महाशाखाका अन्य कर्मचारी, बालमैत्री वडा सहजकर्ता, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक शिक्षक एवं विद्यार्थी गरी ९५ जनाको उपस्थिति रहेको थियो ।










