मकवानपुर, १५ पुस । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा मदन उप्रेती सर्वसम्मत् चयन भएका छन् । शनिबार हेटौंडामा भएको दोस्रो नगर सम्मेलनबाट उप्रेतीको नेतृत्वमा ३९ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर कमिटि सर्वसम्मत चयन भएका हुन् ।
कमिटिको उपाध्यक्षमा निलाम्वर सापकोटा, विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिव दिवश लामा, समन गौतम र कोषाध्यक्ष हिरा पुलामी चयन भएका छन् । सदस्यमा समर न्यौपाने, लक्ष्मण छतकुल्लि, सन्तबहादुर थापा, रोहित गुरुङ, हस्तबहादुर माझी, विकल गुरुङलगायत चयन भएका छन् ।
सम्मेलन वाइसीएल केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।










