मकवानपुर, १५ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा किरणचोक सामुदायिक कवर्ड हल जोड्ने बाटो स्ल्याब ढलान सुरु गरिएको छ । वडा नम्बर ७ कै न्यूरेनीस्थित पर्यटकीय क्षेत्र तथा महादेव मन्दिर संरक्षणका लागि पर्खाल निर्माणको पनि शिलान्याश गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पर्खाल शिलान्याश गर्नुभएको हो । नगरप्रमुख लामाले वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतम र वडा सदस्य सन्तुमाया पाख्रिनको साथमा बाटो स्ल्याब ढलान तथा पर्खाल शिलान्याश गर्नुभएको हो ।











