मकवानपुर, १५ पुस । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भैरव डाँडामा बाटो स्ल्याब भएपछि आवतजावतमा सहज भएको छ । भ्यू टावर, पाथीभरा मन्दिर, बुद्ध पार्कले हिन्दु धर्मावलम्बी र बुद्धमार्गीहरुको आस्थाको केन्द्रविन्दु पनि भएको छ । त्यतिमात्र नभएर बिहानीको समयमा मर्निङ वाक गर्दै भैरव डाँडा चढ्नेहरुको पनि थुप्रै जमात भेटिन्छन् ।

तर बिचबिचमा बाटो भत्किँदा भने यसको सौन्दर्यमा ह्रास आएको हो कि भन्ने भान हुन्छ । समयमै बाटो मर्मत गर्न आवश्यक देखिएको छ । सम्बन्धित निकायको ध्यान जाओस् ।

तस्बिरहरु– जी. न्यौपाने










