मकवानपुर, १७ पुस । हेटौँडाबाट कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्डहुँदै काठमाडौँ जाने सडकखण्ड २ महिनाका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै २०८० पौष १६ गतेदेखि फागुन १५ गतेसम्म सडकमा सवारी आवजत जावत बन्द हुने जानकारी गराएको थियो । जसअनुसार सोमबारबाट बाटो बन्द भएको हो ।
यस सडक खण्डमा निरन्तर चलिरहेको सडक मर्मत,निर्माण तथा स्तरोन्नतिको कार्यलाई अझ प्रभावकारी ढङ्गमा सम्पन्न गर्नको लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द रहने गाउँपालिकाले जनाएको छ । सो समयावधिभित्र वैकल्पिक सडकको प्रयोग गरी आवागमन गर्न गराउन आग्रह पनि सुचनामा उल्लेख गरिएको थियो ।










