जी. न्यौपाने
मकवानपुर, १७ पुस । मकवानपुरको हेटौँडामा गृहमन्त्रीको राजिनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा मकवानपुरका १५ हजारभन्दा बढी व्यक्तिहरुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सहितको ब्यानर मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

मंगलबार रास्वपाका रयाट बागमती प्रदेश संयोजक महेन्द्र श्रेष्ठको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा रास्वपा बागमती प्रदेश र मकवानपुर जिल्ला कमिटिले गृहमन्त्री लगायत गोली चलाउने प्रहरीलाई कडा कारवाहीको माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका हुन् ।

शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परिक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको थियो भने अर्का युवकको प्रहरीले हानेको बन्दुकको कुन्जाले छातिमा लागेर मृत्यु भएको थियो ।