मकवानपुर, १९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय परिसरमा वडा नम्बर ७ न्यूरेनीका स्थानीय भरत अधिकारीले एक थान बेञ्च र टेबल राखेर सेवाग्राहीहरुलाई मदत गरेका छन् ।

वडामा विभिन्न सेवा लिन आएका सेवाग्राहीहरुलाई आराम गर्न मदत मिलोस् भन्ने उदेश्यले आफ्नै घरमा निर्माण गरिएको सिमेन्टको बेञ्च र टेबल राखेको अधिकारीले बताए । सम्भव भएसम्म आफुले वडाका अन्य स्थानहरुमा पनि त्यस्तै बेञ्च र टेबल राख्ने ईच्छा रहेको उनले बताए ।

अधिकारीलाई बेञ्च र टेबल राख्न वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारीहरुले समेत मदत गरेका छन् ।