मकवानपुर, २० पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित श्री चण्डिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूनः राजकुमार गोले चयन भएका छन् । बिहीबार भएको ४० औँ अभिभावक भेलाले गोलेको अध्यक्षतामा पून नयाँ कार्यसमिति चयन गरेको हो ।

अभिभावक भेलामा गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरु, अभिभावकहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।










