तस्बिर– जी. न्यौपाने

जी. न्यौपाने, मकवानपुर, २१ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा स्ल्याब ढलान कार्यको शिलान्यास भएको छ । शनिबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले स्ल्याब ढलानको शिलान्यास गर्नुभएको हो । सिमलटारको थाहा चोकदेखि त्रिवेणी चोकसम्मको बाटो स्ल्याब हुने भएको हो ।

बाटो स्ल्याब गर्न २१ लाख २० हजार ९० रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । शहरी विकास तथा भवन कार्यालय बागमती प्रदेशले लागतको १९ लाख २० हजार रुपैयाँ व्यहोर्नेछ । बाँकी रकम भने उपभोक्ता समितिले जनश्रमदानबाट जुटाउनेछ । पुस २ गतेदेखि शुरु हुने भनिएको आयोजना यही वर्षको चैत २ भित्रमा सम्पन्न हुनुपर्नेछ ।

कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य द्वय विकास नेपाल र संजय बिडारी, समाजसेवी तथा बुद्धिजीवी कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम स्ल्याब ढलान उपभोक्ता समितिका अध्यक्ष टङ्कबहादुर गुरुङको सभाध्यक्षतामा भएको हो।