मकवानपुर, २२ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–०२१ का लागि प्रस्तुत संशोधित बजेट सर्वसम्मत पारित गरेको छ । शनिबार उपमहानगरपालिकाको १४ औँ नगरसभाले संशोधित बजेट पारित गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले नगरसभामा आर्थिक वर्ष २०८०–०२१ का लागि २ अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा नगरसभा भएको हो ।

सभाले बजेटका साथै संशोधित नीति, कार्यक्रम एवम् विभिन्न ऐनहरु पनि सर्वसम्मत पारित गरेको हेटौँडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।











