जी. न्यौपाने
मकवानपुर, २२ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ऋतमभरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा सञ्चालित पुननर्वा अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।

शिविरमा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ सहित ६७ जनाको स्वास्थ्य जाँच गरिएको अस्पतालका संयोजक मनोजकुमार सुवेदीले बताउनुभयो । शिविरमा २ सय जनाको उपस्थिति रहेको थियो । शिविररमा हाड तथा जोर्नी दुख्ने नसा सम्बन्धी विभिन्न रोगहरु, प्रेसर, सुगर, थाइराइड जस्ता विभिन्न रोगहरुको उपचार गरिएको हो ।

शिविरमा प्राकृतिक डा. प्रभाकर दुवे, थेरापी डा.एलिसा पौडेल लगायतका टिमले स्वास्थ जाँच  गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लालित बस्नेत, संचालक धु्रवबहादुर भुजेल, पातन्जल योग समितिका केन्द्रीय सदस्य यादव गजुरेल लगाएतको उपस्थितिमा शिविर भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शिविर भएको हो ।